रामेछाप। रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

सोमबार देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो।



प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। घिमिरेलाई रामेछाप नगरपालिका–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटाइएको थियो। उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारको रुद्राक्षश्वर माध्यमिक विद्यालयका शिक्षक हुन्।

दुर्घटनामा घाइते सात जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन्।

घाइतेहरू

भीमबहादुर मानन्धर (शिक्षक)

सम्बरबहादुर मानन्धर (चालक)

कृष्णप्रसाद घिमिरे (शिक्षक)

दुर्गा कार्की

सविना खड्का

केदारकुमार रोक्का

पूजादेवी सुनुवार

गाडीमा निर्वाचन कर्मचारी तथा मतदान सामग्री रहेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय