हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।
पोखरा–१७ तितेपानीको पुलमुनि २२ देखि २५ वर्ष उमेरको जस्तो देखिने युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार फेवातालबाट जाने खोलामा पानीभित्रै तन्नाले बेरेको अवस्थामा सुटकेश भेटिएको हो । आज बिहान ८ बजेतिर प्रहरीलाई जानकारी आएलगत्तै शंका लागेर हेर्दा युवतीको शव भेटिएको हो ।
शवको सनाखत हुन सकेको छैन । युवती बस्ने कोठा भने भेटिएको छ । कोठामा भेटिएको एउटा मेडिकल कार्डमा एउटा नाम भेटिए पनि त्यो हो, होइन भन्ने यकिन भएको छैन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।





