काठमाडौं। सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी टिकटक प्रयोगकर्ता तुलसा अधिकारीले चिमोरिया थरका एक विवाहित व्यवसायीसँग अंश दाबी गर्ने घोषणा गरेकी छन्।
यसअघि ती व्यवसायीले तुलसाविरुद्ध आपराधिक लाभ सम्बन्धी उजुरी दर्ता गराउँदै बलात्कारमा फसाइदिने धम्की दिँदै करिब साढे चार करोड रुपैयाँ लिएको आरोप लगाएका थिए। हाल तुलसा चीनमा रहेको बताइएको छ र उनी त्यहींबाट भिडियो सन्देश सार्वजनिक गरिरहेकी छन्।
यसअघि सार्वजनिक गरिएको एक भिडियोमा तुलसाले सम्बन्ध स्वीकार गर्दै ती व्यवसायीले आफ्नी पत्नी गम्भीर बिरामी रहेको भन्दै झुटो जानकारी दिएर आफूलाई सम्बन्धमा पारेको दाबी गरेकी थिइन्। उनले झुटो बहानामा स्थापित गरिएको सम्बन्धलाई पनि जबरजस्ती करणी सरह ठानिनुपर्ने संकेत गरेकी थिइन्।
तर पछिल्लो भिडियोमा उनले जबरजस्ती करणीसम्बन्धी मुद्दा नहाल्ने स्पष्ट पार्दै कानुनी रूपमा सम्बन्ध स्थापना गरी अंश माग्ने बताएकी छन्। “मलाई चार करोड होइन, कानुन अनुसार श्रीमतीसरह अंश चाहिन्छ,” भन्ने आशयको भनाइ उनले सार्वजनिक गरेकी छन्।
तुलसाले ती व्यवसायीले आफू अंश माग्ने आशंकामा पहिले नै आफ्नी पत्नीमार्फत अंश मुद्दा दर्ता गराएको आरोप पनि लगाएकी छन्।
तुलसाको भनाइको पूरा अंश यस्तो छः
बलात्कारको झूटो मुद्दामा तान्छु भनेर तुलसाले करौडौँको ब्ल्याकमेलिङ गरी भन्ने समाचार सुनिराख्नुभयो हैन ? सोल्टीसँगको चैँ मेरो सम्बन्ध अदालतमा गएर सम्बन्ध स्थापना गरी पाउँ भनेर निवेदन दिएर बकाइदा अंश लड्ने सम्बन्ध हो । मलाई केही पनि चाहिएको थिएन । मैले आफैले सरेन्डर गरेर वहाँको श्रीमान्-श्रीमती दुवैजनालाई राखेर पेपर गरेर हाम्रो आज उपरान्त लेनदेन केही पनि छैन, हामी शारीरिक, सामाजिक, मानसिक, आर्थिक रूपमा सँगै छैनौँ भनेर बकाइदा पेपर गरेर छोडिसकेको थिएँ ।
म मेरो लाइफमा अगाडि बढिसके पछाडि सोल्टीले मलाई कोट्याएको कोट्याएै, मान्छेसँग कुरा काटेको काट्यै, इन्डिया इन्डिया फोन गरेर मेरो बारेमा बोलेको बोल्यै, मेरो बारेमा चाहिने नचाहिने आरोप लगाको लगाइ गर्नुभयो । त्यसपछाडि सोल्टीले अब यो केसको लागि तुलसा लड्छे, यल्ले छोड्दिन भन्ने थाहा पाएर आफ्नो श्रीमतीलाई अंश मुद्दा दिइसक्नुभाको छ । अंश मुद्दा दिइ सकेर वहाँ सोल्टी पहिला आत्तिएर जाहेरी दिनुभाको हो । त्यो जाहेरीले मेरो लाइफमा केही पनि उछालपातो लाउनेवाला छैन ।
सोल्टीको जाहेरी प्रमाणित गर्नुपर्ने हुन्छ अदालतबाट । मैले किन दिन्छु र त्यो रेप थ्रेट ? मलाई के जरुरी छ र ? म त अंश मुद्दा पो लड्ने हो त । मलाई त अंश चाहिन्छ । चार करोड होइन । तँसँग तेरो श्रीमतीको जति पार्ट, मैले पनि त्यति नै पार्ट पाउँछु । किनभने नि यो कानुनमा छ । कोही मान्छेसँग शारीरिक फाइदाको लागि झुटो बोलेर झुटो कुराहरू स्थापित गरेर कसैको शरीरसँग खेल्नु पनि बलात्कार नै हो बुझिस ? तँसँग मैले अंश मुद्दा लड्ने हो । तँलाई किन दिन्छु मैले रेप थ्रेट ? आफूले खनेको खाल्टोमा आफैँ जाकिनलाई रेडी भएस ।






