भक्तपुर। निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति दिइएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। यससँगै उनी फागुन २२ गतेसम्म प्रहरी हिरासतमा रहनेछन्। फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ।



उन्हें आइतबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जगेबुका अनुसार पक्राउ गर्नुअघि प्रसाईंलाई पक्राउ पुर्जी थमाइएको थियो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने उल्लेख रहेको छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईंले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका थिए।

राजावादी अभियन्ता प्रसाईं यसअघि पनि पटकपटक पक्राउ र रिहा हुँदै आएका छन्। पछिल्लो पटक फागुन ४ गते पक्राउ परेका उनी फागुन १३ गते सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए।

उनकी पत्नी उमा प्रसाईंले गैरकानुनी थुनाको दाबी गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।

विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले आफ्ना माग पूरा नभएको भन्दै सरकारसँग पटकपटक असन्तुष्टि जनाउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय