वाशिङ्टन। इरानमाथि गरिएको अमेरिकी सैन्य आक्रमणका क्रममा अमेरिकी पक्षले मानवीय क्षति बेहोरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आइतबार राति दिएको जानकारीअनुसार इरानविरुद्धको कारबाहीका क्रममा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको हो।

शनिबारदेखि सुरु गरिएको आक्रमणयता अमेरिकी पक्षमा भएको यो पहिलो मृत्यु भएको जनाइएको छ। यस क्रममा अन्य पाँच जना सैनिक गम्भीर घाइते भएका छन्।



केन्द्रीय कमाण्डका अनुसार मृत्यु भएका सैनिकहरूको पहिचान तत्काल सार्वजनिक गरिने छैन। सैनिक सम्बन्धी प्रचलित नियमअनुसार मृतकका परिवारलाई जानकारी गराएको २४ घण्टापछि मात्र उनीहरूको नाम सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय