काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेना ले तेस्रो घेरामा रहेर सुरक्षा दिने जनाएको छ।

आइतबार जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना प्रकाशित गर्दै निर्वाचन सुरक्षाबारे जानकारी गराएको हो।



निर्वाचनको सुरक्षा व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सञ्चालन भइरहेको सेनाले जनाएको छ। सोही योजनाअनुसार निर्वाचन शान्त, निष्पक्ष र निर्भय वातावरणमा सम्पन्न गराउन सेना प्रतिबद्ध रहेको निर्देशनालयले स्पष्ट पारेको छ।

योजना अनुसार सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ओसारपसार तथा निर्वाचन अवधिभर तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलपछि सेनाले सुरक्षा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ।

यसैगरी, निर्वाचन अधिकृत र दलका तोकिएका प्रतिनिधिसहित सेनाको टोली खटिएर मतदान सम्पन्न भएपछि मतपेटिका गणनास्थलसम्म सुरक्षित रूपमा पु¥याइने जनाएको छ।

सेनाले २०४८ सालदेखि निर्वाचनमा परिचालन भई सुरक्षा दिँदै आएको पनि जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय