अमेरिका र इजरायलद्वारा शनिबार इरानमा गरिएको आक्रमणमा देशका थुप्रै वरिष्ठ व्यक्तित्वहरू मारिएको पुष्टि भएको छ । मारिनेहरूमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी छन् ।

खामेनीको शनिबार बिहान आफ्नै कार्यालयमा मृत्यु भएको बताइएको छ । इरानी टेलिभिजनका अनुसार देशका सशस्त्र बलका प्रमुख अब्दोलरहीम मौसवी पनि हवाई आक्रमणमा मारिएका छन् ।



तेहरानले इस्लामिक रिभोल्युशनरी गाड्र्स (क्रान्तिकारी गार्ड) का कमान्डर जनरल मोहम्मद पाकपुरको मृत्यु भएको पनि पुष्टि गरेको छ । सरकारी सञ्चारमाध्यमहरूले खामेनीका छोरी, ज्वाइँ र नाति नातिना पनि सोही आक्रमणमा मारिएको जानकारी दिएका छन् ।

गुप्तचर तथा सैनिक स्रोतले सीबीएस न्युजलाई बताए अनुसार ती आक्रमणहरूमा समग्रमा करिब ४० जना इरानी अधिकारीहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय