तेहरान। इरानका सर्वोच्च नेता Ali Khameneiको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमले केही समयअघि प्रसारण गर्दै खामेनी अब जीवित नरहेको जानकारी सार्वजनिक गरेको हो।
यसअघि अमेरिकी राष्ट्रपति Donald Trumpले पनि खामेनी मारिएको दाबी गरेका थिए। अमेरिका र Israelले शनिबार संयुक्त रूपमा Iranमाथि हमला गरेको र सो आक्रमण खामेनीको निवास क्षेत्रमा समेत केन्द्रित भएको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख गरिएको छ।
सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति सम्हाल्दै आएका खामेनी देशका सबैभन्दा प्रभावशाली राजनीतिक तथा धार्मिक नेता थिए। उनी इरानको इतिहासमा Mohammad Reza Pahlaviपछि सबैभन्दा लामो समय शासन गर्ने नेता मानिन्छन्।
खामेनी, इरानका इस्लामिक क्रान्तिका नेता Ruhollah Khomeiniका नजिकका सहयोगी थिए। सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। शाह शासनको विरोध गर्दा उनी पटक–पटक पक्राउ परेका थिए र केही वर्ष निर्वासनमा समेत बसेका थिए।
सर्वोच्च नेता बन्नुअघि उनी इरानका तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए। Iran-Iraq Warका क्रममा उनले राष्ट्रपतिको हैसियतमा देशको नेतृत्व गरेका थिए। त्यही समयदेखि इरानी सैन्य संरचना विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग उनको सम्बन्ध सुदृढ भएको थियो।






