कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजात सार्वजनिक गरेका थिए। उक्त कागजात सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाएको र गोपनीयता भंग गरेको भन्दै उजुरी परेको थियो।



उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार भट्टराईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय