मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ पुनः पक्राउ परेका छन्।

प्रहरीको टोलीले उनलाई काठमाडौंको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता रहेकाले पुनः पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।



यसअघि दुई साताअघि मात्र हाजिरी जमानीमा रिहा भएका प्रसाईँलाई प्रहरीले आज फेरि पक्राउ गरेको हो।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर कांग्रेस नेता गगन थापामाथि आर्थिक चलखेल भएको भन्दै भ्रम फैलाएपछि उनी पहिलो पटक पक्राउ परेका थिए। सो विषयमा निर्वाचन आयोगले समेत कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार गरेको थियो।

प्रसाईँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय