काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा आज उपस्थित हुने भएका छन्।
लेखक आज दिउँसो १२ बजे आयोगको कार्यालयमा पुगेर उक्त घटनाबारे आफ्नो जानकारी र धारणा राख्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
त्यसैगरी, उनले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत थप धारणा सार्वजनिक गर्नेछन्।
भदौ २३ र २४ गते भएका घटनालाई लिएर गठन गरिएको जाँचबुझ आयोगले सरोकारवाला व्यक्ति तथा नेताहरूको बयान लिने क्रमलाई तीव्र बनाएको छ। पूर्वगृहमन्त्री लेखकको उपस्थितिलाई यस प्रक्रियामा महत्वपूर्ण मानिएको छ।






