बालेननिकट स्रोतका अनुसार शनिबार गोदावारीमा रहेका बालेन त्यहाँबाट सिधै कुलमान घिसिङलाई भेट्न निस्किएका हुन् । कुलमान घिसिङनिकट स्रोतले पनि दुवैबीच भेटवार्ता तय भएको पुष्टि गरेको छ ।

यसअघि शुक्रबार राति बालेन गोदावारीमै आफ्ना निकट व्यक्तिहरूसँग रहेको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच शुक्रबार राति नै भेट भएको चर्चा भए पनि उक्त दाबी तथ्यसंगत नभएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार शुक्रबार राति बालेन भूपदेव शाह, कुमार बेन, केपी खनाललगायतका व्यक्तिहरूसँग गोदावारीमै थिए । रास्वपासँग हुने सहमतिभन्दा ठीक अघि बालेन र कुलमानबीच हुन लागेको भेटवार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय