पोखरा। कास्कीको पोखरा–१२ भद्रकाली क्षेत्रमा रक्सी पिउने क्रममा भएको विवादपछि ६० वर्षीय रमेश सुनारको ढुङ्गाले प्रहार गरी हत्या भएको छ।
मृतक सुनारको हत्या गरेको आरोपमा ३८ वर्षीय कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको छ। थापा पाल्पा रामपुर घर भई पोखरामै ज्याला मजदुरी गर्दै आएका व्यक्ति हुन्।

कास्की प्रहरीले दिएको जानकारीअनुसार बुधबार दिनभर मजदुरी गरेपछि तीनै जना साँझ भेला भई रक्सी पिउन बसेका थिए।
रक्सी पिउँदै जाँदा बिबाद सुरु भयो र उनीहरू भद्रकाली जंगलतर्फ लागे।

त्यही क्रममा दुई जनाले मिलेर सुनारमाथि ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ।
टाउको र शरीरमा गम्भीर चोट लागेर सुनारको घटनास्थलमै मृत्यु भएको छ।

घटनामा संलग्नमध्ये एक युवक फरार छन्।
उनको खोजी प्रहरीलाई तिब्र रूपमा चलिरहेको छ।

पक्राउ परेका कृष्ण थापालाई भने प्रहरी टोलीले प्रत्यक्षदर्शीको बयान र कुकुरको सहयोगमा पक्राउ गरेको कास्की प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय