अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भट्टराईसँग २५ लाख धरौटी माग गरिएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। आयोगले भट्टराईसहित तीन जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६०० विगो र सजायको माग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय