काठमाडौं। हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ स-परिवार अमेरिका पुगेको खुलाशा भएको छ ।

उनी हाल अमेरिकाको फ्लोरिडा राज्यमा बसेको हुनसक्ने बताइएको छ।

स्रोतका अनुसार धुर्मुस अमेरिका पुगेको मात्र होइन, उनले त्यहाँ व्यवसायमा लगानी र दीर्घ बसाइका लागि कागजात प्रक्रिया अघि बढाएको हुनसक्ने दाबी गरिएको छ।

केही दिनअघि धुर्मुसले चितवन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि खर्च भएको पैसा नपाएको, योजनामा अवरोध हुँदै आएको भन्दै भिडियो सार्वजनिक गरी आफ्नो दुःख व्यक्त गरेका थिए।
त्यसपछि अचानक उनी देशमै छैनन् भन्ने दाबी बाहिरिएपछि सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ।

अमेरिकामा रहेको भनिएको विषयमा धुर्मुसले न त खण्डन गरेका छन् न पुष्टि।
केहीले क्रिकेट रङ्गशाला विवादकै दबाबका बीच उनी विदेशिएको हुनसक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय