उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ, जुन पछिल्ला ७९ वर्षमा क्यानडाको भूमिमा मापन भएको सबैभन्दा ठूलो भूकम्प मानिएको छ।

भूकम्प युकोन टेरिटोरीमा शनिबार स्थानीय समय अनुसार दिउँसो १:४१ बजे गएको हो। यसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिमतिर रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले जनाएको छ। भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो।

मुख्य भूकम्पपछि तीन घण्टाभित्र ३३ वटा पराकम्पन महसुस गरिएको छ। तीमध्ये सबैभन्दा ठूलो ५.१ म्याग्निच्युडको थियो।

हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको रिपोर्ट प्राप्त भएको छैन। तथापि, ह्वाइटहर्सका बासिन्दाहरूले सामाजिक सञ्जालमा घर, भवन र भाँडा–कुचो हल्लिएको अनुभव साझा गरेका छन्।

यसअघि क्यानडामा ७ वा सोभन्दा ठूलो म्याग्निच्युडको भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा मापन गरिएको थियो।

क्यानडाको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प सन् १७०० जनवरीमा गएको मानिन्छ, जसको म्याग्निच्युड ९ थियो। त्यसबेला भूकम्पको केन्द्रबिन्दु ब्रिटिस कोलम्बियाको समुद्रतट बाहिर थियो।

शनिबारको भूकम्प उच्च भूकम्पीय जोखिम क्षेत्रमा गएको हो। यसको पुष्टि अर्थक्वेक्स क्यानडाले २०१५ मा गरेको विश्लेषणले पनि गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय