नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी अर्को ठूलो मुद्दा दर्ता हुने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का उच्च स्रोतका अनुसार मुद्दा अन्तिम तयारीको चरणमा पुगेको छ र सक्भवतः अर्को सातामै विशेष अदालतमा दर्ता गरिने छ।
गत सातै नलिनचोक हेलिपोर्टमा भ्रष्टाचार मुद्दा दायर भई अधिकारी अख्तियारको हिरासतमा छन्।
त्यही मुद्दामा थुनछेक प्रक्रिया पूरा भएपछि पोखरा विमानस्थल प्रकरण दायर गरिने CIAA स्रोतले जनाएको छ।
अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणमा देखिएको अर्बौँको अनियमिततामा पनि अधिकारी नै मुख्य अभियुक्तका रूपमा पहिचान भएका छन्।
उनी २०७१–२०७४ मा पोखरा विमानस्थल आयोजना प्रमुख थिए
२०७८ माघदेखि CAAN महानिर्देशक
यस अवधिभरै ठेक्का, लागत वृद्धि, कर छुट, भुक्तानी प्रक्रिया लगायतका निर्णयहरूमा गम्भीर अनियमितता भएको निष्कर्ष अख्तियारले निकालेको छ।
अर्बौँको अनियमितता: कहाँ–कहाँ?
ठेक्का प्रक्रियामै अनियमितता
EPC मोडेलमा चिनियाँ कम्पनी CAMC Engineering लाई प्रतिस्पर्धा सीमित हुने गरी माहोल बनाइयो
मूल लागत करिब २२ अर्ब → पछि नीतिगत निर्णयमार्फत लागत वृद्धि गरियो
कर छुटमा ठूलो गडबडी
करिब २ अर्ब २२ करोड ४० लाख अनियमितता
महालेखा परीक्षकको ६०औँ प्रतिवेदनमा बेरुजु भनेर राखिएको रकम अझै असुल नभएको
निर्माणको काममा ठूला त्रुटिहरू
माटो परीक्षणदेखि नै अनियमितता
रनवे–ट्याक्सीवे–एप्रनका लागि दिइएको करोडौँ डलरको भुक्तानी तर काम पूरा नभएको
माटो आपूर्ति, उत्खनन, ग्राभेल आपूर्तिलगायतका काममा २२ मिलियन डलरभन्दा बढी गडबडी
उच्च–स्तरीय इन्धन भण्डारण केन्द्र बनाइनुपर्थ्यो तर बनेन
छिनेडाँडा कटान ठेक्का सम्झौताविपरीत ३२ करोड अलगै भुक्तानी गरेर भ्रष्टाचार
विमानस्थल पुरै सञ्चालन योग्य नै नरहेको
निर्माण अघि गर्नुपर्ने उडान डिजाइन कार्य उल्टै काम सकिएपछि 2022 मा मात्र तयार
प्राविधिक सम्भाव्यता अध्ययनहरू पनि अपूर्ण
अधुरो काम हुँदाहुँदै CAAN ले हस्तान्तरण प्रमाणपत्र दिएको
यी अधिकारी र इन्जिनियरलाई पनि प्रतिवादी बनाइँदै
CIAA ले मुद्दामा यी पदाधिकारीहरूलाई पनि समेट्ने तयारी गरेको छ—
विनेश मुनाकार्मी – पूर्व आयोजना प्रमुख
चाँदमाला श्रेष्ठ – राष्ट्रिय गौरव आयोजना निर्देशक
इन्जिनियर प्रविन न्यौपाने
प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल
CAAN इन्जिनियर बाबुराम पौडेल
पूर्व महानिर्देशक सञ्जीव गौतम
पूर्व महानिर्देशक राजन पोखरेल
(सूची अझै थपघट हुन सक्छ)
के हुन्छ अब?
CIAA ले बयान, कागजात, स्थलगत अध्ययन सबै पूरा गरिसकेको
नलिनचोक हेलिपोर्टको थुनछेक सकिएपछि विशेष अदालतमा मुद्दा दायर
यो मुद्दा नेपालको एक ठूलो पूर्वाधार परियोजनासम्बन्धी सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामध्ये एक मानिनेछ।






