काठमाडौं – उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छिन्। हेटौँडामा सडक विस्तारका क्रममा घरधनीलाई उचित मुआब्जा नदिइ, बिजली काटेर घर–जग्गा भत्काइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फतै यो निर्णय सार्वजनिक गरेकी हुन्।

विद्या श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छिन्,

“आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। म हेटौँंडा पीडितको पक्षमा छु। मेरो नैतिकताले यस निर्णयमा पुर्‍यायो। अरू अभियन्ता साथीहरूले के गर्नेछन्, त्यो त उनीहरूले निर्णय गर्ने कुरा हो।”

उनी थप्छिन्,

“मेरो भित्र नैतिकता छ। त्यसैले राजीनामा हो। बुझ्न अनुरोध गरें। म जिउँदो छु, बस्। मरेका मान्छेहरू बोल्दैनन्।”

विद्या श्रेष्ठको यो कदमले सडक विस्तारको विरोध र पीडितको पक्षमा उभिनेलाई राजनीतिक नेतृत्वमा प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय