नेपाली सुपरमोडल वर्षा थापा विश्वप्रसिद्ध लक्जरी फेसन ब्रान्ड CHANEL को ‘Métier d’Art 2026’ कलेक्सनमा प्रस्तुत हुँदै अन्तर्राष्ट्रिय फेसन जगतमा ठूलो उचाइमा पुगेकी छिन्।

न्यूयोर्क सबवेमा विशेष तरिकाले गरिएको उक्त शोमा प्रख्यात स्टारहरूले पहिल्यै हिँडेका रनवे मा वर्षाले आफ्नो पहिचान स्थापित गरेकी हुन्।

वर्षाले इन्स्टाग्राममार्फत अनुभव सेयर गर्दै लेखेकी छन्—
“हामीलाई आफ्नै स्वभावमा हिँड्न भनिएको थियो। मैले ‘रहस्य’ रोजेँ—भीडबीचबाट आफू को हो भन्ने गुप्त आत्मविश्वास। मेरो लागि उनी ‘आधुनिक च्यानलकी महिला’ हुन्।”

उनका लागि यो एक ऐतिहासिक उपलब्धि मानिएको छ, किनकि अमेरिकामा आफ्नो स्थान बनाउन वर्षाले लामो संघर्ष गर्दै आएकी छन्।

शोमा यसअघि हिँडेका ठूला नामहरूः

A$AP Rocky

मार्गरेट क्वाली

लिन्डा इभान्जेलिस्टा

तेयाना टेलर

शो अवलोकन गर्न उपस्थित सेलिब्रेटीहरूः

लुपिता न्योङ्गो

क्रिस्टिन स्टेवार्ट

टिल्डा स्विन्टन

टेस्सा थोम्पसन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय