काठमाडौं — काठमाडौंको धोबीखोलामा एक जना पुरुष मृत भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक काभ्रे, मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेका छन्। गिरीको शव उनकी श्रीमतीले सनाखत गरेकी हुन्।

बिहान करिब ६:५० बजे काठमाडौं महानगरपालिका–२९ रूद्रमति पुल मुनि गिरीको शव फेला परेको थियो। शव फेला परेको स्थान नजिकै उनको साइकल समेत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका प्रारम्भिक विवरणअनुसार गिरी साइकल चलाउँदै गर्दा सन्तुलन गुमाई पुलबाट खसेको आशंका छ। शवको टाउकोमा चोट भेटिएको र पुलबाट खसेर तल रहेको ढुंगामा टाउको ठोक्किँदा मृत्यु भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

घटनाको सबै angle बाट अनुसन्धान जारी रहेको एसपी भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय