 
							तीन महिनाअघि मलेसियामा बुवा गुमाएकी २० वर्षीया सोनु दक्षिण कोरियामा अस्ताकि छन ।
अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको भदौ २ मा निधन भएको हो।
परिवारका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्।
मलेसियामा रहेका उनका बुवा लिलाकुमार श्रेष्ठको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो। सोनुको परिवारमा एकपछि अर्को बज्रपात पर्दै गइरहेको छ
सोनुका परिवारमा अन्य तीन सदस्य छन्, आमा, भाइ र बैनी। एउटी दिदीको भने बिहे भइसकेको छ।
४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन्। सोनुका भाइ कक्षा ७ मा र बैनी कक्षा १२ मा अध्ययन गर्छिन्।

 
												 
												 
												 
												 
												




