काठमाडौं। धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले नेपाली राजनीति नै नयाँ ढंगले नाप्न खोज्ने किसिमका कडा नीतिहरू सार्वजनिक गरेको छ।
पार्टीले जारी गरेको घोषणापत्रमा सांसदले मन्त्री बन्न नपाउने—यदि बनेमा सांसद पद स्वतः निलम्बन हुने—व्यवस्था गर्नुपर्ने प्रस्ताव सामेल छ।
घोषणापत्रमा भनिएको छ—
सांसदको मूल दायित्व कानुन निर्माण,
त्यसैले मन्त्रालय चलाउन सम्बन्धित क्षेत्रमा दक्ष–विज्ञ व्यक्ति नियुक्त हुनुपर्ने।
यसका लागि पार्टीले प्रणालीमै परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था माग गरेको छ।
राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिका हुनुपर्ने शर्त पनि राखिएको छ।
पार्टीले आफ्नो राजनीतिक दर्शनलाई ‘हर्कवाद’ नाम दिँदै शिक्षा र राष्ट्रियतामा कठोर प्रावधान प्रस्ताव गरेको छ।
शिक्षामा प्रस्तावित व्यवस्था :
कक्षा १२पछि अनिवार्य सैनिक प्रशिक्षण लिएर मात्र उच्च शिक्षा पढ्न पाइने,
विद्यालयमा हप्ताको ३ दिन सैद्धान्तिक,
४ दिन उत्पादनमूलक काम।
घोषणापत्रका अन्य मुख्य बुँदाहरू :
नेपालमा रहेका सबै आईएनजीओ खारेज,
सीमा सुरक्षामा सीधा सेना परिचालन,
वैवाहिक अङ्गीकृत नागरिकताका लागि ५ वर्ष अनिवार्य बसोबास।
श्रम संस्कृति पार्टीका अनुसार :
सरकारी कर्मचारीले गल्ती गर्दा सरुवा होइन, सिधै बर्खास्त गर्ने,
श्रमदानलाई राष्ट्रिय नीतिका रूपमा लागू गर्ने।






