काठमाडौँको मुटु मानिने केशरमहलमा सोमबार भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ट्राफिक प्रहरीसहित दुईजना घाइते भएका छन्।

दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च २३४८ नम्बरको नेटा ईभी कार अनियन्त्रित भएर सडकमा रहेका पैदलयात्री र ट्राफिक प्रहरीलाई ठक्कर दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ठक्करपछि कार ड्रिम गार्डेनको पर्खालमा गएर ठोक्किएको थियो।

दुर्घटनामा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ।उनी अचेत अवस्थामा अस्पताल पुर्‍याइएका थिए तर चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको पहिचान खुल्न बाँकी छ।

घाइतेमध्ये—

पशुराम ठाकुर, ट्राफिक हवल्दार (दरबारमार्ग ट्राफिक प्रभाग) : दुवै खुट्टामा र छातीमा चोट

सुरेशराज कालिका (६६), कार चालक : गम्भीर चोट

दुवैलाई ट्रमा सेन्टरमार्फत प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ।

प्रहरीका अनुसार कार किन अनियन्त्रित भयो भन्नेबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ।

दुर्घटना स्थलको आवश्यक प्रमाण संकलन, सिसिटीभी फुटेज र मेकानिकल जाँच रिपोर्टका आधारमा विस्तृत अनुसन्धान अघि बढाइएको ट्राफिक कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय