काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पिता डा. रामनारायण साहको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको थियो।
बेहोस अवस्थामा अस्पताल पुर्याइएका साहलाई चिकित्सकहरूले आज दिउँसो निधन भएको घोषणा गरेका थिए।
अन्त्येष्टिको दिनभर सिभिल अस्पतालदेखि आर्यघाटसम्म परिवारजन, शुभचिन्तक र चिनेजानेका भीड देखियो। मेयर साह, उनकी पत्नी र परिवारका सदस्यहरू अस्पतालमै रहेका थिए। परिवार निकै भावुक देखिन्थ्यो।
मेयर बालेन निकट नेताहरू र सार्वजनिक व्यक्तित्वहरूको पनि उपस्थिति थियो। खेलकुदमन्त्री बब्लु गुप्ता, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, रास्वपाका नेता गणेश कार्की, विवेकशीलका मिलन पाण्डेलगायत अस्पताल पुगेका थिए। अस्पताल परिसरमा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
अन्त्येष्टिका लागि आर्यघाटमा खेलकुदमन्त्री गुप्ता, उपसभामुख इन्दिरा रानामगर, रास्वपाका पूर्वसांसद गणेश पराजुली, कलाकार निश्चल बस्नेत लगायत धेरैजना पुगे। मातृशोकमा रहेका कलाकार बस्नेत सेतो पहिरनमा देखिएका थिए।
आर्यघाटमा सयौं शुभेच्छुकहरूको उपस्थिति रहेको छ।






