काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पितृशोकमा परेका छन्। उनका पिता रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको पुष्टि भएको छ।
गम्भीर अवस्थामा अस्पताल भर्ना आइतबार बिहानै बेहोशी अवस्थामा परिवारले अस्पताल लगेको अस्पताल स्रोतले जनाएको छ।
उनी करिब एक सातादेखि नै सिकिस्त बिरामी रहेको चिकित्सकले बताए। मधुमेहका कारण कमजोर बनेको स्वास्थ्यमा पिसाबको संक्रमण (UTI) शरीरभरि फैलिँदा अवस्था जटिल हुँदै गएको बताइएको छ।
अस्पतालमा आइपुगेपछि उनी भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चिकित्सा टोलीका सदस्यका अनुसार– “एक हप्तादेखि बिरामी हुनुहुन्थ्यो। मधुमेह र पिसाबको संक्रमण थियो। बेहोसीमै अस्पताल आउनुभएको थियो।”
सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर शाहसँग भेटघाट भेन्टिलेटरमा रहेका अन्य बिरामीहरूसँग पनि अवस्था बुझ्ने काम गरेको स्रोतले जनाएको छ।






