नेपालगन्ज – दाङको तुलसीपुर कारागारबाट भदौ २४ गते जेनेजी आन्दोलनका क्रममा फरार भएका थुनुवा देवराज देवकोटा नेपालगन्जमा मृत फेला परेका छन्।
बाँके प्रहरीले दिएको जानकारी अनुसार, देवकोटा नेपालगन्जस्थित रुकुमेली होटलमा मुखमा फिँज आएको अवस्थामा मृत फेला परेका हुन्।
तुलसीपुर–१८ हेमन्तपुर बस्ने देवकोटा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। आन्दोलनकै समयमा उनी कारागारबाट भागेका थिए।
उनको शव नेपालगन्जस्थित एक नर्सिङ होममा राखिएको छ। प्रहरीका अनुसार, आज बिहान १० बजेपछि भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






