latest
सशस्त्र प्रहरी जवान झापाका हरेदेवको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला  ||    घर लुट्न आएको डाँका समूहको धारिलो हतियार र गोली फायरिङमा एक जनाको मृत्यु, एक घाइते  ||    मन्त्री भएका बेला महेश बस्नेतले भारत गएर रामदेवलाई भनेका थिए- बारामा ५ सय बिघा जग्गा दिन्छु  ||    देउवा पनि भ्रष्टाचारको मुद्दामा जेल परेका थिए, नेपालका यी नेताहरु समेत मुछिएका थिए  ||    नेपालको इतिहासमा यो पहिलो घटना  ||    यी मन्त्रि हेरेको हेर्यै  ||    फेसबुकमा एकआपसमा गा’ लीगलौज, भेट हुने बितिक्कै कु’ टाकुट हुदा एक जनाको मृ’ त्यु  ||    आलमलाई सफाइ दिने न्यायाधीश र कानुनमन्त्रीको कल डिटेल हेरेर अनुसन्धान अघि बढाउन माग  ||   
शुक्रबार , जेठ २४, २०८२

तिते भेन्टा भनी धतुरोको तरकारी पकाएर खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ हिलेमा एकै परिवारका तीन जना बिरामी परेका छन् । धतुरो जस्तो देखिने वस्तुको तरकारी पकाई खाँदा लठ्ठिने, बरबराउने समस्या देखिएपछि बिरामी परेका हिलेका ४७ वर्षिय निरज विक, उनी श्रीमती ४५ वर्षिय तुलसी विक र ३० वर्षिय छोरा सुमन विकको धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक विजय यादवले जानकारी दिए । बिरामी तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको यादवको भनाई छ ।

यसैबीच, काठेखोला गाउँपालिकाकै वडा नं. २ भिमपोखराका वर्ष–४५ का नर बहादुर किसान रुखबाट लडेर गंभीर घाइते भएका छन् । घर नजिकैको खरबारीमा रहेको मौवाको रुखमा चढी स्याउला झार्ने क्रममा शुक्रबार दिउँसो लडेर घाइते भएका किसानको ढाडमा चोट लागेको छ । किसानलाई थप उपचारको लागि धवलागिरी अस्पताल बागलुङले गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय