नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नै जन्मदिन मंसिर १ गते सार्वजनिक गरेको इन्गेजमेन्ट फोटोका कारण व्यापक विवादमा परेकी छन्। ‘S + B’ क्याप्सनसहित पोस्ट गरिएको उक्त तस्बिरले केही दिनमै साम्राज्ञीका प्रेमी भनिएका विशाल खरेलको पारिवारिक पृष्ठभूमि सार्वजनिक हुँदै विवादको नयाँ अध्याय सुरु भयो।

१५ वर्षअघिकै विवाह, दुई वर्षीय छोरासहितको परिवार लुकाएको आरोप

इन्गेजमेन्टपछि बाहिर आएको तथ्यअनुसार विशाल खरेल अविवाहित होइनन्। उनले १५ वर्ष अघि सरिता सुब्बासँग विवाह गरेका थिए र उनीहरूको दुई वर्षीय छोरा समेत छ।

यस जानकारी सार्वजनिक भएपछि साम्राज्ञीको नयाँ प्रेम जीवन ‘सौता’ र ‘घर टुक्र्याउने’ आरोपमा घेरिएको छ।

डिभोर्सको अत्यधिक दबाब दिएको परिवारको आरोप

अमेरिकामा व्यवसाय गर्दै आएका भनिएका विशाल खरेलले साम्राज्ञीसँग विवाह गर्नकै लागि सरिता सुब्बालाई डिभोर्स गर्न अस्वाभाविक दबाब दिएको सरिताका परिवारले आरोप लगाएका छन्।

सरिता सुब्बाले टिकटकमा प्रतिक्रिया दिँदै भनिन्:“हाम्रो सम्बन्ध विषाक्त थियो भनेर दुनियाँलाई देखाउन खोज्नु १५ वर्षको वैवाहिक बन्धन र दुई वर्षीय छोराप्रति अपमान हो।”

थाइल्याण्डबाट सुरु भएको नजिकिएको सम्बन्ध

गत वर्ष म्युजिक भिडियो छायाँकनका लागि थाइल्याण्ड पुगेका बेला साम्राज्ञी र खरेलको नजिकिएको उल्लेख गरिएको छ। त्यसपछि प्रेम सम्बन्ध तीव्र हुँदै गएपछि खरेलले सरितासँग डिभोर्सका लागि बारम्बार आरोप, विवाद र दबाब सिर्जना गरेको निकटस्थ स्रोतहरू बताउँछन्।

सामाजिक सञ्जालमा साम्राज्ञीलाई धेरैले “अरुको घर भत्क्याउन लागेकी”, “त्यो छोराको भविष्यबारे के?” भन्दै आलोचना गरिरहेका छन्।

महिला अधिकारकर्मीहरू समेत साम्राज्ञीले अर्को महिलाको वैवाहिक जीवन भत्काउन भूमिका खेलेको आरोप लगाइरहेका छन्।

विवाद चर्किँदै गए पनि अभिनेत्री साम्राज्ञी शाह यस विषयमा अहिलेसम्म मौन छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय