भारत र बंगलादेशमा आज बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।
अमेरिकी भूगर्भीय सर्वेक्षण—USGS का अनुसार बंगलादेशको टुंगी क्षेत्र नजिकै केन्द्रबिन्दु रहेको ५.६ रेक्टर स्केलको भूकम्पले दुवै मुलुकलाई हल्लाएको हो।
भारतीय समय अनुसार बिहान १० बजेर १० मिनेटमा, पश्चिम बंगाल, आसाम लगायतका क्षेत्रमा भूकम्पको स्पष्ट कम्पन महसुस गरिएको जनाइएको छ।
तर अहिलेसम्म कुनै पनि देशबाट जनधनको क्षति भएको रिपोर्ट आएको छैन।
यसअघि आजै बिहान पाकिस्तानमा पनि ३ बजेर ९ मिनेटमा भूकम्प गएको थियो—
त्यहाँ ५.२ रेक्टर स्केल मापन भएको छ।
दक्षिण एसियाका देशहरूमा पछिल्ला केही दिनयता बारम्बार भूकम्पका कम्पन महसुस भइरहेका छन्।
तर राहतको कुरा, तीनै मुलुकमा अहिलेसम्म क्षतिको रिपोर्ट छैन।






