बाराको सिमरामा जेनजी युवामाथि मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साह अखेर पक्राउ परेका छन्।

साहलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो।बुधबार सिमरा चोकमा जेनजी समूहको विरोधका बीच विवाद चर्किँदा साहले एक कार्यकर्तालाई मुक्का हानेर फरार भएको आरोपछ।

घटनापछि साहसहित ६ जनाविरुद्ध किटानी जाहेरी परेपछि बारा प्रहरीले दुई वडाध्यक्ष — धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारी — लाई पनि पक्राउ गरिसकेको छ। दुवैलाई अदालतबाट ७ दिनको म्याद थप गरिएको छ।

एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेत सिमरा आउने सूचना पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न प्रदर्शन गरेका थिए। त्यहीबेला एमाले कार्यकर्ताको हस्तक्षेपपछि झडप भएको हो।

घटना पछि बिहीबार दिनभर सिमरा तनावग्रस्त रह्यो। अहिले स्थानीय प्रशासनले जेनजी नेताहरूसँग वार्ता गरेपछि प्रदर्शन रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय