ज्वाला, जीवन संघर्षजस्ता चर्चित फिल्मका निर्माता दिलिप पौडेलको निधन भएको छ ।
उपचारको क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राती ११ बजेर १६ मिनेटमा निधन पारिवारिक स्रोतले जनायो ।
उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका कलाकारलाई लिएर ज्वाला नामक फिल्म निर्माण गरेका थिए ।
त्यसैगरी राजेश, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री, उत्पला खड्कालगायतका कलाकारलाई लिएर ‘जीवन संघर्ष’ नामक अर्को फिल्म निर्माण गरेका थिए ।
७४ वर्षीय उनले नेपालमै पहिलोपटक कानूनी लेखापढी सेन्टर स्थापना गरेका थिए । राजधानीको डिल्लीबजारबाट आनन्द लेखापढी सेन्टर सञ्चालनमा ल्याएका थिए ।
लेखापढी कानुन व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका उनले मुलुकका विभिन्न स्थानमा रेस्टुरेन्ट पनि संचालन गर्दै आएका थिए ।
पौडेलको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।





