मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका भोलिपल्ट उनैका सुरक्षा गार्ड दीपक खड्का पनि प्रहरीले नियन्त्रणमा परेका छन्।
प्रहरीका अनुसार सोमबार राति प्रसाईंलाई थुनामा पठाएपछि खड्का–सहित केही युवा उत्तेजित अवस्थामै काठमाडौं प्रहरी परिसर पुगेका थिए।
त्यही क्रममा अभद्र व्यवहार गरेको आरोपमा खड्कालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको एसपी पवन भट्टराईले पुष्टि गरेका छन्।
खड्कालाई मंगलबार नै थुनामा राखिएको थियो भने बुधबार जिल्ला प्रशासन कार्यालयले म्याद थपेर थप अनुसन्धान गर्न अनुमति दिएको छ।
यता, दुर्गा प्रसाईं पनि यतिबेला परिसरकै हिरासतमा रहेका छन् र दुवै प्रकरणमा प्रहरीले थप प्रमाण संकलन गरिरहेको बताइएको छ।






