नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले चर्किँदै गर्दा विशेष महाधिवेशन पक्षधर नेताहरूले आइतबार आकस्मिक पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वलाई तत्काल महाधिवेशनको मिति र स्थान तोक्न दबाब दिएका छन्।
अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर अभियानको नेतृत्व गर्दै आएका नेता गुरुराज घिमिरे, लेखनाथ पोखरेल सहितका नेताहरू उपस्थित थिए। उनीहरूले अब नियमित महाधिवेशनको तालिका आफूहरूले स्वीकार नगर्ने चेतावनी दिए।

गगन थापा अन्तिम क्षणमा आएनन्
समारोहमा महामन्त्री गगन थापा पनि आउने भनिए पनि उनी अन्तिम समयमा उपस्थित भएनन्।थापा निकट नेता मधु आचार्य र अन्य केही नेताहरू पनि कार्यक्रममा देखिएनन्।

कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ।
महामन्त्री गगन थापा पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा खुला रूपमा उभिएका छन्।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि साथ छ।

संस्थापन पक्ष भने वैशाखमा हुने भनिएको पार्टी चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने मतमा अडिएका छन्।

आगामी केन्द्रीय समिति बैठकलाई लक्षित गर्दै विशेष महाधिवेशन पक्षधरले आजको आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको बताइन्छ।
पक्षधर नेताहरूका अनुसार, उनले महाधिवेशनको मिति अब अनिश्चित राख्न नदिने, र पार्टी सञ्चालनलाई “नेतृत्वको मनोमानी” बाट हटाएर संस्थागत पद्धतिमा ल्याउन महाधिवेशन अत्यावश्यक रहेको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय