लोकप्रिय गायिका सुनिता दुलाल अब वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्।”

“दुलालले यही मंसिर १३ गते, शनिबार,राजन केसीसँग काठमाडौंको मुलपानीस्थित एक रिसोर्टमा धूमधामसँग विवाह गर्ने तयारी गरेको पुष्टि भएको छ।”“नेपाली लोकगीत, तीज गीत र दोहोरीमा दुई दशकभन्दा बढी समय समर्पण गरिरहेकी सुनिता दुलाल मधुर आवाज, सरल प्रस्तुति र परम्परागत लोकधुनप्रति बलियो लगावका कारण नेपाली संगीत क्षेत्रको चम्किलो नाम बनेकी छिन्।”

“तीज गीतकी ‘स्टार’ रूपमा चिनिने उनैले
अन्ततः आफ्नो जीवनसाथीको रूपमा राजन केसीलाई चयन गरेकी हुन्। बिवाह काठमाडौंमै पारिवारिक तथा नजिकका साथीभाइको उपस्थितिमा हुने बताइएको छ।”

“सुनिता दुलाल–राजन केसीको यो नयाँ यात्राका लागि सिधाकुरा अनलाइन परिवारको तर्फबाट हार्दिक शुभकामना।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय