जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या प्रकरणमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।

भोज खाने विषयमा सुरु भएको विवादकै क्रममा प्रहरीले चलाएको गोली लागेर वडाध्यक्ष यादवको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ भएको घटनामा गोली प्रहारबाट केही अन्य व्यक्ति पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरिएको छ ।

वडाध्यक्ष यादवको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । प्रहरी घटनामो थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय