नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक बनाइने निर्णय गरिएको हो।
वरीयतामा पहिलो नम्बरमा रहेका कार्कीलाई जेनजी आन्दोलनका कारण प्रभाव पर्न सक्छ भन्ने चर्चा भए पनि सरकारले उनको सेवाक्रमलाई नै आधार बनाउँदै नियुक्ति गरेको जनाएको छ।
कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षकका रूपमा सेवामा प्रवेश गरेका हुन्। सन २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका उनले कास्की, काठमाडौं, कपिलवस्तु, लुम्बिनी प्रदेश लगायतका विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
इन्स्पेक्टरको रूपमा उनले ईलाका प्रहरी कार्यालय काकडभित्त्ता, झापा र तनहुँको आबुखैरेनीमा काम गरेका थिए।
डिएसपी पदमा रहँदा उनले बुटवल र काठमाडौंको नयाँ बानेश्वर प्रहरी वृत्तमा नेतृत्व गरेका थिए।
उपत्यका प्रहरी प्रमुख बन्नुअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका प्रमुख रहेका थिए।
नयाँ आईजीपीका रूपमा कार्कीले जेनजी आन्दोलनपछि सिर्जित सुरक्षा वातावरण, राजनीतिक दबाब र संवेदनशील मुद्दाहरू सम्हाल्नुपर्ने चुनौती रहेका छन्।





