नेकपा (एकीकृत समाजवादी) पुनर्गठनको प्रयासबीच, घनश्याम भुसाल समूहले फरक नाम र चुनाव चिह्नसहित नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ।
आइतबार आयोग पुगेको टोलीमा स्थायी समिति सदस्य डा. विजयकुमार पौडेल लगायतका सदस्यहरू रहेका थिए। उनीहरूले दर्ताका लागि पेश गरेको निवेदनमा पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र)’ र चुनाव चिह्न सूर्यमुखी फूल राखिएको छ।
पार्टीको संरचनाअनुसार राजकुमार कक्षपती (प्यूठान) संयोजक र नन्दलाल बञ्जाडे (रुपन्देही) सह–संयोजक रहेका छन्। प्रस्तावित केन्द्रीय समिति २६ सदस्यीय छ।
केन्द्रीय सदस्यहरूमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्दबहादुर रोका (प्यूठान), नरेशप्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविनकुमार कक्षपती (प्यूठान) रहेका छन्।
अन्य सदस्यहरूमा एन्जिसराज प्रसाई (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुनकुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्यूठान), प्रेमबहादुर तारामी (सुर्खेत), ठगेन्द्रबहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ (काठमाडौं), लक्ष्मीदेवी शर्मा (रुपन्देही) र भीम बस्नेत (मोरङ) रहेका छन्।
घनश्याम भुसाल पक्षले यस नयाँ दलमार्फत राजनीतिक गतिविधि अघि बढाउने योजना बनाएको छ।





