व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्ती पुगेका छन्। उनले भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन्।
बस्ती खाली गर्न महानगरले दिएको एक हप्ते अल्टिमेटम आज सकिँदैछ। प्रसाईंले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे। उनले सुकुम्बासीहरूलाई लछारपछार गर्नेको घरपरिवारलाई पनि त्यस्तै गर्ने चेतावनी दिएका छन् र सम्पूर्ण दल तथा मेयर बालेनलाई ठेगान लगाउने दाबी गरेका छन्।
यस क्रममा उनले मेयर बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ लिएको आरोपसमेत लगाएका छन्। दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको भन्दै प्रसाईंले आफूले भोट नचाहिने तर सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिएका छन्।
महानगरको अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने तयारी भइरहेकै बेला प्रसाईंको यो कदम मेयर बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीको रूपमा हेरिएको छ।
प्रसाईले भने, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘
‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस्,’ उनले भने ।
प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाए । दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए । सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।





