शनिबार , कार्तिक २२, २०८२

काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा भएको भीषण विमान दुर्घटनापछि प्रमुख डेलिभरी कम्पनीहरू UPS र FedEx ले आफ्ना केही कार्गो उडानहरू अस्थायी रूपमा स्थगित गरेका छन्।

मंगलबार भएको उक्त दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

दुर्घटना केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा तब भयो, जब UPS को MD-11 विमान उडानका क्रममा धावनमार्गबाट चिप्लियो, नजिकैका भवनहरूमा ठोक्कियो र ठूलो आगलागी भयो।
धेरै भवन पूर्णरूपमा क्षतिग्रस्त बनेपछि विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो।

UPS ले प्रभावित MD-11 विमानहरूलाई ग्राउन्डेड गर्ने निर्णय विमान निर्माता बोइङको सिफारिसपछि गरिएको जनाएको छ।

FedEx (फेडेक्स) ले पनि सोही प्रकारको खतरा देखिएकाले आफ्नो केही कार्गो उडानहरू रोकिएको पुष्टि गरेको छ।

अहिलेसम्म दुर्घटनाको आधिकारिक कारण सार्वजनिक गरिएको छैन, तर सुरक्षित उडान सुनिश्चित गर्न दुवै कम्पनीले अस्थायी रूपले उडान सीमित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय