झापा — जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जनालाई बिर्तामोडबाट पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काका अनुसार,बिर्तामोड नगरपालिका–५, त्रिवेणी चोकमा प्रहरीले पक्राउ अभियान सञ्चालन गरी

२२ वर्षीय पदम राई, २४ वर्षीया पूजा मगर (राईकी श्रीमती)लाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, यी दुईजना भदौ २३ र २४ मा भएका जेन–जी आन्दोलनका दौरान इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड आगजनी सार्वजनिक सम्पत्ति नष्ट जस्ता घटनामा प्रत्यक्ष संलग्न रहेको प्रमाणका आधारमा पक्राउ गरिएको हो।

पदम राई र पूजा मगरलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमै राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले जेन–जी आन्दोलनका क्रममा झापासहित देशभर भएका तोडफोड, आगजनी र भीड नियन्त्रणसम्बन्धी सबै घटनामा संलग्न व्यक्तिहरूलाई क्रमशः पक्राउ गर्दै गएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय