इलाम — इलामको राजदुवाली क्षेत्र आइतबारयता असाध्यै चर्चामा छ। माइखोला किनारमा पहिरो–बाढीले भत्किएको सडक मर्मत चलिरहेका बेला भेटिएका पाँचवटा शिला (ढुंगा) ले सामाजिक सञ्जाल तातेको छ।

इलाम–४ की २३ वर्षीया प्रमिला कार्कीले सपनामा पाँच वटा शिला देखेपछि स्थानीयसँग उत्खनन गर्न आग्रह गरेकी थिइन्।
रूखको जराले थिचिएको ठाउँ खन्ने बित्तिकै ठीक उनले भनेजस्तै पाँचै वटा शिला भेटिए, जसपछि भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

भिडियो भाइरल भएपछि दैनिक नयाँ ‘माता’ र धामी–झाँक्रीहरू पनि सो स्थानमा पुग्न थालेका छन्।

उत्खनन गरिएको पाँच शिलामध्ये एक शिला प्रमिलाले तत्कालै घर लैइन् ।तीनवटा बाहिर निकालियो एउटा ठूलो शिला अझै खाल्डोमै छ।

त्यो ठूलो शिला निकाल्न डोजर प्रयोग गरिए पनि सर्प निस्किएको दाबी गर्दै स्थानीयले रोके।
प्रमिला शिला घर लैजान तयारी गर्दैगर्दा एक वृद्ध आएर ढुंगालाई ‘खोलाको सामान्य ढुंगा’ भन्दै शिलामाथि कुल्चिए ।प्रमिलालाई धकेले। यो भिडियो पनि भाइरल भएपछि धार्मिक विवाद झनै बढ्यो।

उक्त वृद्ध व्यक्ति राप्रपा इलाम–२ (क) का क्षेत्रीय सदस्य यमनाथ भण्डारी भएको खुलेपछि
राप्रपाले उनलाई पार्टीबाट निलम्बन गरिदिएको छ।

राप्रपाको निर्णय:“धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अमर्यादित र अमानवीय व्यवहार।”“आत्मालोचना र क्षमायाचना नगरेपछि कारबाही।”भण्डारी २०७९ मा प्रदेशसभा उम्मेदवार पनि बनेका थिए।

इलाम–९ का वडा अध्यक्ष गोपाल चौहानका अनुसार—
झापादेखि इलामसम्म सिक्किमसम्मबाट धेरै ‘माता’ र ‘धामी’ राजदुवालीमा भीड बढाइरहेका छन्।

“आज त झन् ठूलो भीड छ,” वडाध्यक्ष चौहानले भने।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल भन्छिन्—“विपद् व्यवस्थापनको काममा व्यस्त भएकाले यो घटनाबारे ध्यान दिन पाएको छैन।”

इलाम नगरपालिकाका मेयर केदार थापा पनि अन्योलमा छन्—“सपनामा देखेको ठाउँमै शिला भेटियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय