latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकास्थित टुकुचामाथिको सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन्।

दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा फसेर घाइते भएका हुन्।

बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा प्वाल परेको खबर आएपछि इन्स्पेक्टर बुढाथोकी मार्किङ गर्न पुगेका थिए।

उनको निधार र हातमा चोट लागेको छ। इन्स्पेक्टर बुढाथोकीलाई वीर अस्पताल पुर्‍याएर उपचार गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय